मेस्सीको कीर्तिमान

काठमाडौं : अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले देशका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
ब्राजिलमा जारी कोपा अमेरिकाअन्तर्गत बोलिभियाविरुद्धको खेलमा सहभागी भएसँगै उनले पूर्वमिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १ सय ४७ खेलको कीर्तिमान भंग गरेका हुन्। उक्त खेलसँगै ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४८ खेल पूरा गरे।
उक्त खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-१ गोलको जित निकाल्दा मेस्सीले २ गोल गरेका थिए। यससँगै उनले देशका लागि ७७ गोल गरिसकेका छन्।
समूह ‘ए’ मा रहेको अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगिसकेको छ। उसले क्वाटरफाइनलमा इक्वेडरसँग प्रतिष्पर्धा गर्नेछ।
एजेन्सी
असार १५, २०७८ मंगलबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।