पोर्चुगलको युरो कप यात्रा सकियो

जितसँगै क्वाटर फाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियास्थित स्टुडियो डे ला कार्टुजामा भएको खेल निकै प्रतिस्पर्धात्मक थियो। पोर्चुगलले पटक-पटक पोस्ट प्रहार गरे पनि भाग्यले साथ दिएन। बेल्जियमका थोर्गेन हजार्डले गरेको एक गोल नै निर्णायक गोल बन्यो। उनले खेलको ४२ औँ मिनेटमा गोल गरेका थिए। दोस्रो हाफमा पोर्चुगलले बेल्जियममाथि पर्याप्त दबाब बनाए पनि गोलको प्रयास सफल भएन। खेलमा क्रिष्टियानो रोनाल्डो जम्न सकेनन्। उनी मैदानमै हराए। आइतबार राति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिकले क्वाटर फाइनलमा पुगेको थियो।
असार १४, २०७८ सोमबार ०३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।