कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका-३, कुचैनीमा से२प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका-१७, धुर्जनाका २८ वर्षीय सीताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए। 

पूर्वबाट पश्चिमतर्फ आइरहेको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो।

पोलमा ठोक्किएपछि गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

असार १३, २०७८ आइतबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।