युरोकप प्रि–क्वाटरफाइनल : नेदरल्यान्ड्स र चेक रिपब्लिक आज भिड्दै

काठमाडौं : १६ औं संस्करणको युरोकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज (आइतबार) नेदरल्यान्ड्स र चेक रिपब्लिक प्रतिष्पर्धा गर्दै छन्।
हंगेरीको पुस्कास एरिनामा हुन लागेकाे खेल राति ९ः४५ बजे सुरु हुनेछ।
नेदरल्यान्ड्स समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेकाे हाे भने चेक रिपब्लिक समूह ‘डी’ बाट उत्कृष्ट तेस्रो हुँदै प्रि–क्वाटरफाइनलमा पुगेको हो।
यस्तै, भोलि बिहान बेल्जियम र पोर्चुगल अन्तिम आठका लागि प्रतिष्पर्धा गर्दै छन्। स्पेनको सेभियामा हुन लागेको खेल बिहान १२ः४५ बजे सुरु हुनेछ।
बेल्जियम समूह ‘बी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनल पुगेकाे हाे। ऊ फिफा वरीयताकाे शीर्ष स्थानमा छ। यस्तै, पोर्चुगल समूह ‘एफ’ बाट उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो।
असार १३, २०७८ आइतबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।