सप्तरीमा ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

काठमाडौं : सप्तरीमा ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार ना ७ ख ५४९५ नम्बरको ट्यांकरले पूर्व–पश्चिम राजमार्गको दुई स्थानमा मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्यांकरले अग्निसाइर ग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सीतापुर सडकखण्डमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट रुपनी गाउँपालिका–३, कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी मृत्यु भएको हो। दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेवी र मामा कुसुमलाल मण्डल घाइते भएका छन्।
यस्तै, चाँदनी चोक सडकखण्डमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट कञ्चनरूप नगरपालिका–६, घोघनपुरका मो. अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा सुमैयाको परिवारकी नविया प्रविण घाइते भएकी छन्।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले ट्यांकरलाई नियन्त्रणमा लिएको र चालक फरार रहेको बताए। फरार चालकको खोजी भइरहेको उनको भनाइ छ।
असार १२, २०७८ शनिबार २०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।