युरो कप नकआउट चरण आजबाट, १६ टिम भिड्दै

एजेन्सी : युरो कपको नकआउट चरणको खेल आजबाट सुरु हुँदै छ। बुधवार समूह चरणका खेल सकिएको थियो।
शनिवारबाट सुरु हुने अन्तिम १६ का खेलको पहिलो दिन नेदरल्यान्ड्सको आमस्टारडम र इंग्ल्यान्डको लन्डनमा दुई खेल हुँदै छ।
प्रिक्वार्टरफाइनल खेलअन्तर्गत आमस्टारडम एरिनामा वेल्सले डेनमार्कको सामना गर्दै छ। वेल्स समूह ए को उपविजेता हो भने डेनमार्क समूह बी को उपविजेता हो।
यी दुवै राति पौने १० बजे एक आपसमा भिड्दै छन्। आजको विजेता टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। पछिल्ला खेलमा डेनमार्क हाबी देखिन्छ। १० खेलमा ६ खेल डेनमार्कले जितेको थियो। चार वटा वेल्सले।
राति पौने १ बजे लन्डनको बेम्बलीमा इटाली र अस्ट्रियाबिच प्रतिस्पर्धा हुँदै छ।
यी दुई टिममध्ये अस्ट्रियाको तुलनामा इटाली बलियो टिम देखिन्छ। इटाली र अस्ट्रियाबिचको पछिल्ला १३ खेलमा इटली हारेको छैन। १० खेल उसले जितेको थियो भने ३ बराबरीमा टुङ्गिएको थियो।
असार १२, २०७८ शनिबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।