महिला फुटबल : विश्व वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं : महिला फुटबलको विश्व वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार जारी गरेको नयाँ वरीयता अनुसार नेपाल विश्व वरीयतामा १०० औं स्थानमा छ। यसअघि नेपाल १०१ औं स्थानमा रहेको थियो।
एसियाली राष्ट्रको वरीयतामा नेपाल २१ औं स्थानमा रहँदा दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ।
नेपालभन्दा अगाडि भारत छ। ऊ फिफा वरीयतामा ५७ औं स्थानमा छ।
विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ। यस्तै, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स र स्विडेन क्रमशः दोस्रोबाट पाँचौं स्थानमा छन्।
यसैगरी, इंग्ल्याण्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन्।
असार ११, २०७८ शुक्रबार २२:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।