मनसुनमा बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउने उपाय

मनसुनमा बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउने उपाय

*ADVT
काठमाडौँ : छिटो-छिटो मौसम परिवर्तन हुने समयमा बच्चाहरू अस्वस्थ भइरहन्छन्। उनीहरूमा रोग प्रतिरोधी क्षमताको विकास हुँदै गएको बेलामा मौसममा आइरहने  उतारचढावले स्वास्थ्यमा समस्या ल्याइरहन्छ। मनसुनको बेलामा उनीहरूलाई रोगबाट जोगाउने उत्तम उपाय भनेको  रोग प्रतिरोधी क्षमता बढाउने सही खुराकै हो।

 

यस्तो बेलामा उनीहरूलाई  रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिसिएको खुराक खुवाउनु उत्तम हो। यस्तोमा प्राकृतिक रूपमै रोग प्रतिरोधी क्षमता बढाउने बुस्टरको काम गर्ने खुराक अभिभावकको पहिलो रोजाइ भए उत्तम। यस्तो खुराकले मौसम बदलिएसँगै आउने समस्याहरूबाट बालबालिकाहरुलाई जोगाउन सहयोग पूर्याउँछ।

चञ्चले स्वभावका कारण मनसुनको मौसममा बालबालिकाहरू रोग बढाउनसक्ने जीवहरूको सम्पर्कमा पुगिरहन्छन्। यस्तोमा बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन जडीबुटी  मिश्रीत खुराकले सघाउँछ।

ती जडिबुटीहरु निम्न हुनसक्छन्।

विभिन्न रोगको उपचारमा उपयोगी हुने केशरले बालबालिकालाई विभिन्न रोगसँग लड्न र सधैँ सक्रिय हुन सघाउँछ। अलैँचीले शरीरलाई स्वस्थ राख्न धेरै फाइदा पुर्याउने गरेको वैज्ञानिक अनुसन्धानले नै पुष्टि गरेको छ। यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय राख्न सहयोग गर्छ। यसमा रहेको एन्टी अक्सिडेन्ट तत्त्वले शरीरलाई विभिन्न रोगबाट जोगाउन सहयोग गर्छ।

यो पोटासियम, क्याल्सियम र म्याग्नेसियम तत्त्वको स्रोत समेत हो।

प्राकृतिक महले विभिन्न रोगसँग लड्न सघाउँछ नै। यसले शारीरिक र मानसिक स्वास्थ्यसँगै तौल व्यवस्थापनमा समेत सहयोग पूर्याउँछ। रोग प्रतिरोधी क्षमता बढाउन बेलको छुट्टै महत्त्व छ आयुर्वेदमा। छालाको मुलायमपन कायम राख्न समेत यसले सघाउँछ।

एन्टी अक्सिडेन्टमा अमलाको अलग्गै महत्त्व छ। यसले रोग प्रतिरोधी क्षमता बढाउन समेत सहयोग पूर्याउँछ। आयुर्वेदिक उपचारमा अमलाको ठुलो महत्त्व छ। पिप्लीको पनि उत्तिकै महत्त्व छ रोग प्रतिरोधी क्षमता बढाउनुमा। परम्परागत रूपमै चिसो लागेमा,श्वासप्रश्वास समस्या भएमा समेत यसको प्रयोग हुने गरेको हो नै। यो घरेलु ओखतीको रूपमा समेत प्रयोग हुन्छ।

हाम्रो दैनिक जीवनमा भिटामिन ए, डी, ई र के पाइने घ्युको अलग्गै महत्त्व छ। यसले हड्डी बलियो बनाउन समेत सहयोग पूर्याउँछ। यसले आँखालाई समेत सहयोग पूर्याउँछ। शरीरको प्रदूषण बाहिर निकाल्न समेत सघाउँछ। अष्ठमधु परापूर्वकालदेखी नै रोग प्रतिरोध बढाउन प्रयोग हुने गरेको महत्त्वपूर्ण जडीबुटी हो।

र, यी सबै जडीबुटी एकै थलोमा पाउन सकिने माध्यम हो डाबर च्यावनप्रास। डाबर च्यावनप्रास ४५ प्रकृतिका जडीबुटीबाट बनेको छ। यसमा माथि उल्लेख गरेकासँगै ४५ प्रकारका जडीबुटी समेटिएको छ जसले बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन प्राकृतिक रूपमै सघाउँछ र बालबालिकाको शारीरिक र मानसिक विकासमा समेत सहयोग पूर्याउँछ।

असार ११, २०७८ शुक्रबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।