सुनको भाउ तोलाको ९० हजार ५ सय रुपैयाँ

सुनको भाउ तोलाको ९० हजार ५ सय रुपैयाँ

काठमाडौँ : सुनको भाउ तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।

छापावाल सुन हिजोकै मूल्य ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै तेजाबी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ कायम भएको छ। चाँदीको भाउ भने तोलाको ५ रुपैयाँ बढेको छ। आज शुक्रवार चाँदी तोलामा १३ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

 

असार ११, २०७८ शुक्रबार ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।