सुनको भाउ २ सय रुपैयाँले घट्यो

काठमाडौँ : सुनको भाउ तोलाको २ सय रुपैयाँले घटेको छ। छापावाल सुन तोलाको २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।
हिजो सुन तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो। तेजाबी सुन तोलाको ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै चाँदी तोलाको १२९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
असार १०, २०७८ बिहीबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।