युरो कप फुटबलको नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्यो

युरो कप फुटबलको नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्यो

काठमाडौं : युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत फ्रान्स समूह एफको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।

समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पूरा भएको छ। समूह ए बाट इटाली, वेल्स र स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन्। यो समूहबाट टर्की बाहिरिएको छ। 

यस्तै समूह बी बाट बेल्जियम र डेनमार्क नकआउट चरणमा प्रवेश गर्दा फिनल्यान्ड र रसिया बाहिरिएका छन्। समूह सी बाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेन अन्तिम १६ मा परेका छन्। यो समूहबाट नर्थ म्यासेडोनिया बाहिरिएको छ। 

यस्तै समूह डी बाट इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक नकआउट चरणमा प्रवेश गर्दा स्कटल्यान्ड बाहिरिएको छ। समूह ई बाट स्विडेन र स्पेनले अन्तिम १६ मा स्थान बनाए। स्लोभाकिया र पोल्यान्ड भने बाहिरिएका छन्। 

यस्तै समूह एफ बाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गर्दा हंगेरी बाहिरिएको छ। 

असार १०, २०७८ बिहीबार ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।