सुर्खेतबाट सल्यान सरे राउटे

सुर्खेतबाट सल्यान सरे राउटे

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेतबाट सल्यानमा सरेका छन्। बस्ती सार्ने क्रममा झन्डै १० वर्षपछि उनीहरू सल्यान पुगेका हुन्। 

सुर्खेत आउनुअघि सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे विगत १० वर्षयता सल्यान फर्केका थिएनन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-११, भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायले मंगलबार सल्यानको कालीमाटी गाउँपालिका-५, काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका छन्। राउटे पश्चिम नेपालका विभिन्न जंगलमा बसोबास गर्दै आइरहेका छन्।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय अहिले करिब १ सय ५० जना छन्। सामान्यतया कृषि उद्यम नगर्ने घुमन्ते राउटे अन्य गाउँबस्तीका मानिससँग वस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्छन्।  

जंगलमा बसोबास गर्ने राउटे पछिल्लो समय भने गाउँबस्ती नजिक बस्न थालेका छन्, जसले गर्दा अन्य समुदायबाट दुर्व्यवहारको शिकार बन्दै गएका छन्। 

गुराँस गाउँपालिका दैलेख स्थायी ठेगाना भएका राउटे सुर्खेत र दैलेखका विभिन्न स्थानमा बसाइँ सर्दै आएका थिए। आफ्नो बस्ती बसेको ठाउँमा कुनै घटना भएमा अन्य ठाउँ बसाइँ सर्ने उनीहरूको चलन छ।

असार ९, २०७८ बुधबार २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।