वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल : रिजर्भ डेको खेल सुरु

पहिलो र चौथो दिनको खेल वर्षाले रद्द हुँदा पाँचौं दिनसम्म पनि खेलको नतिजा नआएपछि रिजर्भ डेमा खेलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
रिजर्भ डेमा भारतले ६४ रनबाट खेल सुरु गरेको छ। यसअघि पाँचौं दिनको खेल सकिँदा भारतले आफ्नो दोस्रो पारीमा २ विकेट गुमाएर ६४ रन जोडेको थियो। रिजर्भ डेकाे खेलअघि भारतले समग्रमा ३२ रनकाे अग्रता बनाएकाे छ।
भारतले आफ्नो पहिलो पारीमा २ सय १७ रन जोडेकाे थियाे। न्युजिल्याण्डले भने आफ्नो पहिलो पारीमा २ सय ४९ रन बनाएको थियो। पहिलाे पारीमा भारत न्युजिल्याण्डभन्दा ३२ रनले पछाडि थियाे।
असार ९, २०७८ बुधबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।