वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल : चौथो दिनको खेल पनि वर्षाले अवरुद्ध

इंग्ल्याण्डको साउथह्याम्पटनस्थित द एलिज बाउल मैदानमा जारी फाइनलको चौथो दिनको खेल वर्षाका कारण सुरुसमेत हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि जुन १८ (गत शुक्रबार)मा पहिलो दिनको खेल पनि वर्षाले अवरुद्ध भएको थियो। वर्षाका कारण उक्त दिन टससमेत हुन सकेको थिएन।
पहिलो दिन अवरुद्ध भएको खेल दोस्रो दिनबाट सुरु भएको थियो। दोस्रो दिन टस हारेपछि ब्याटिङ गरेको भारतले ३ विकेट गुमाएर १ सय ४६ रन बनाउँदा उक्त दिनको खेल सकिएको थियो। १ सय ४६ रनबाट तेस्रो दिनको खेल थालेको भारतले थप ७१ रन बनाएर अलआउट भएको थियो।
त्यसपछि आफ्नो पहिलो पारी थालेको न्युजिल्याण्डले दिनको खेल सकिँदा २ विकेट गुमाएर १ सय १ रन बनाएको छ। न्युजिल्याण्डले १ सय १ रनबाट भाेलिकाे खेल खेल्नेछ।
एजेन्सी
असार ७, २०७८ सोमबार २१:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।