स्वास्थ्यकर्मी अस्मिता मृत्यु प्रकरण : दोषी पत्ता लगाई कारबाही गर्न सुदूरपश्चिमका प्रदेश सांसदको माग

स्वास्थ्यकर्मी अस्मिता मृत्यु प्रकरण : दोषी पत्ता लगाई कारबाही गर्न सुदूरपश्चिमका प्रदेश सांसदको माग

प्रदेशसभाको आठौं अधिवेशनको १४ औं बैठकमा तीन जना प्रदेश सांसदले घटनाको छानबिन गरी दोषी पत्ता लगाई कारबाही गरिनुपर्ने माग गरेका हुन्।

प्रदेशसभा बैठकमा नेकपा एमालेका पठानसिंह बोहरा, नेकपा माओवादी केन्द्रकी कुन्ती जोशी र नेपाली कांग्रेसका गोविन्दराज बोहराले घटनाकाे तत्काल छानबिन गरी दोषी पत्ता लगाउन माग गरे।

माओवादी केन्द्रकी सांसद जोशीले प्रदेश सरकारले अनुगमन टोली बनाएर घटनाबारे छानबिन गर्नुपर्ने र पीडितलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरिन्।

घटनाको छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय र जिल्ला प्रहरी कार्यालय, डडेलुधराले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान गरिरहेका छन्। 

गत बुधबार डडेलधुराको परशुराम नगरपालिका–८, जमरानीस्थित आधारभूत स्वास्थ्य केन्द्रबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी स्वास्थ्यकर्मी अस्मिता धामी गत शनिबार वनमा मृत भेटिएकी थिइन्। 

असार ७, २०७८ सोमबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।