कैलालीमा एक साता थपियो निषेधाज्ञा, निजी सवारीमा जोरबिजोर प्रणाली लागू

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आज (सोमबार) आदेश जारी गर्दै यही असार ८ देखि असार १५ गतेसम्म निषेधाज्ञा थपेका हुन्।
निषेधाज्ञा अवधिमा जोर बिजोर प्रणाली लागू गरी निजी सवारी साधन सञ्चालन गर्न दिइने छ। कार, जिप र भ्यानमा चालकसहित ४ जना, ट्याक्सीमा चालकसहित तीन जना बस्न पाइने आदेशमा उल्लेख छ।
यस्तै, पसल सञ्चालन गर्न पाउने अवधि पनि बढाइएको छ। यसअघि बिहान ११ बजेसम्म खुल्दै आएका पसल अब दिउँसो ३ बजेसम्म खोल्न पाइने जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ।
वर्कसपहरू तीन जना कामदार राखेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खाेल्न पाइने आदेशमा उल्लेख छ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि कैलालीमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।
असार ७, २०७८ सोमबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।