तीन दिनमा सय अङ्क झर्‍यो नेप्से

तीन दिनमा सय अङ्क झर्‍यो नेप्से

सोमबार एक लाख २७ हजार ८ सय ३७ पटक सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ६१ करोड पुगेको थियो।

सोमबार १३ समूहको कारोबार सूचक रातो भयो। थोरै कम्पनीका लगानीकर्ताले मात्रै १० प्रतिशत हाराहारीमा आम्दानी गरे। नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडका लगानीकर्ताले ६५ रुपैयाँ र कुमारी बैङ्क लिमिटेड प्रोमोटर सेयरका लगानीकर्ताले १२ रुपैयाँ प्रतिसेयर आम्दानी गरे।

सोमबार धेरै गुमाउने पहिलोमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनी परे। विकास बैङ्क समूह ४ दशमलव ६ प्रतिशतले तल झर्यो।

सोमबारको कारोबारमा पुनर्बीमा कम्पनी अगाडि देखियो। पुनर्बीमाको एक अर्ब ३० करोडको सेयर खरिदबिक्री भएको थियो।

असार ७, २०७८ सोमबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।