पाँचथरमा पहिरोले पुरिएर शिक्षकको मृत्यु

पाँचथरमा पहिरोले पुरिएर शिक्षकको मृत्यु
सांकेतिक तस्बिर।

गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष देउकुमार योङहाङ अनुसार आज बिहान पहिरोले पुरिएर स्थानीय इन्द्रावती प्राविका शिक्षक ५८ वर्षीय टेकराज धौरालीको मृत्यु भएको हो। ‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइसकेका छौं,’ उनले भने। 

कुलो बनाउने क्रममा माथिबाट झरेको पहिरोले पुरिएर धौरालीको मृत्यु भएको वडाअध्यक्ष योङहाङले बताए। 

पहिरोमा पुरिएर स्थानीय खड्गप्रसाद राई घाइते छन्। उनी प्राथमिक उपचारपछि घर फर्किसकेका छन्। 
 

असार ७, २०७८ सोमबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।