टर्की युरो कप फुटबलको समूह चरणबाट बाहिरियो 

टर्की युरो कप फुटबलको समूह चरणबाट बाहिरियो 

काठमाडौं : युरो कप फुटबलमा टर्की अङ्क विहीन बन्दै समूह चरणबाट बाहिरिएको छ। समूहको पुछारमा रहेको टर्कीले अङ्क जोड्न सकेन। पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोस्रो खेलमा वेल्ससँग पराजित भएको थियो। 

समूह चरणको अन्तिम खेलमा टर्की स्विट्जरल्यान्डसँग ३-१ गोल अन्तरले पराजित भएको छ। टर्कीलाई हराउँदै पहिलो जित दर्ता गरेको स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न भने असफल भएको छ। 

समूह एमा रहेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अङ्क जोडेको छ। वेल्ससँग गोल अन्तरमा पछि पर्दा स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहन असफल भएको हो। समूह चरणको पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो।

यस्तै समूह ए अन्तर्गत कै अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १-० ले पराजित गरेको छ। वेल्समाथि जित हासिल गरेको इटाली ३ खेलमा ९ अङ्क जोड्दै शीर्षस्थानमा रहेको छ। वेल्स र स्विट्जरल्यान्डको समान ४/४ अङ्क भए पनि गोल अन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। 

असार ७, २०७८ सोमबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।