जर्मनीले पोर्चुगललाई हरायो

काठमाडौं : १६ औं संस्करणको युरो कप फुटबलमा जर्मनीले पोर्चुगलमाथि जित हासिल गरेको छ।
जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा शनिबार राति सम्पन्न खेलमा घरेलु टोलीले पोर्चुगलमाथि ४–२ को जित निकालेको हो।
जर्मनीलाई जित दिलाउन काइ हामर्टेज र रोबिन गोलन्सले १/१ गोल गरे। बाँकी दुई गोल भने पोर्चुगलले आत्मघाती गरेको थियो। पोर्चुगलका रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका थिए।
पोर्चुगलका लागि कप्तान किस्टियानो रोनाल्डो र डिएगो जोटाले १/१ गोल गरे।
जितसँगै समूह ‘एफ’मा रहेको जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ। जारी प्रतियोगितामा पहिलो जित हासिल जर्मनी आफ्नो समूहको अंकतालिकामा दोस्रो स्थानमा छ।
ऊ आफ्नो पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित भएको थियो।
समान खेल र अंक भएको पोर्चुगल अंकतालिकामा तेस्रो स्थानमा छ। यसअघि आफ्नो पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो।
असार ६, २०७८ आइतबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।