डडेलधुरामा युवतीको शव फेला

डडेलधुरामा युवतीको शव फेला
सांकेतिक तस्बिर।

धनगढी : डडेलधुराको एक सामुदायिक वनमा युवतीको शव फेला परेको छ।

हट्वानी सामुदायिक वनमा परशुराम नगरपालिका–८, जमरानीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले इलाका प्रहरी कार्यालय, जोगबुडा र जिल्लाबाट प्रहरी टोली अनुसन्धानका लागि पठाइसकेको बताए। उनले घटनाबारे अनुसन्धानपछि जानकारी गराउने बताए। 

असार २ गते जोगबुडा अस्पतालमा स्वास्थ्य सामाग्री पुर्याउन गएकी धामी सोही दिनदेखि बेपत्ता भएकी थिइन्।

उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

असार ५, २०७८ शनिबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।