वर्ल्ड टेस्ट च्याम्पियनसिपकाे फाइनल सुरु, न्युजिल्याण्डविरुद्ध ब्याटिङ गर्दै भारत

काठमाडौं : वर्ल्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत भारत र न्युजिल्याण्डबीचको फाइनल खेल सुरु भएको छ।
इंग्ल्याण्डको साउथहेम्पटनमा भइरहेको खेलमा भारतले टस हारेर ब्याटिङ गरिरहेको छ। खेलको १० ओभर सकिँदा भारतले विकेट नगुमाएर ३७ रन जोडेको छ। भारतका लागि रोहित शर्मा २१ र शुभमन गिल १५ रनमा खेलिरहेका छन्।
यसअघि खेल हिजो सुरु हुने तालिका थियो। तर, वर्षाले खेल अवरुद्ध गरेपछि आज सुरु भएको हो। खेल जुलाई २३ मा सकिनेछ।
अंकतालिकामा शीर्ष दुई स्थानमा रहँदै भारत र न्युजिल्याण्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेका हुन्।
टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख र उपविजेताले ८ लाख अमेरिकी डलर पुरस्कार पाउने छन्। खेल बराबरी भएमा दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिने आइसिसी छ।
एजेन्सी
असार ५, २०७८ शनिबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।