'फ्लाइङ सिख' मिल्खा

'फ्लाइङ सिख' मिल्खा

एजेन्सी : १९२९ मा विभाजित भारतमा जन्मिएका मिल्खा सिंह विभाजनको बेलामा भएको दङ्गाबाट मुस्किलले बाँचेका थिए। उनको परिवारका धेरै जना मारिए त्यो दङ्गामा। रेलबाट भाग्दा उनी पक्राउ परे र जेल पनि परे। एक गिलास दूधका लागि उनी सेनाको दौडमा भाग लिएका थिए। पछि उनी भारतको महान् एथलिट बने।

सन् १९६० मा रोममा भएको ओलम्पिकमा उनले विश्व रेकर्ड तोडे। तर कुनै पदक जित्न भने सकेनन्। उनी सो प्रतियोगितामा चौथो भएका थिए।

राष्ट्र मण्डल खेलमा उनले जब तत्कालीन विश्व रेकर्ड राखेका मैल्कम स्पेसलाई ४४० मिटरको दौडमा हराएर स्वर्ण पद जिते त्यसपछि नै उनको पहिचान बनेको थियो। त्यो रातभर मिल्खा सिंह सुत्न सकेनन्। ४४० मिटरको दौड दिउसो चार बजे थियो।

आराम गर्न उनले मन तातो पानीले नुहाए। खाना खाए र सुत्न गए। उनी ब्युँझँदा दिउसो भइसकेको थियो। उनले एक कचौरा सुप र रोटी खाए। उनले जानाजान थोरै खाना खाए। धेरै खानाले कतै खेलमा असर पर्छ कि भन्ने डर थियो उनमा।

उनले कपाल कोरे अनि सेतो रुमालले कपाल बाँधे। उनले एयर इन्डियाको ब्यागमा स्पोर्ट जुत्ता, काइयो र ग्लुकोज राखे। उनले ट्रयाकसुट लगाए आँखा चिम्लेर गुरु नानक,गुरु गोविन्द अनि भगवान् शिवलाई याद गरे।

उनले त्यो दिनको हरेक क्षण याद थियो।' मेरा साथीहरू बसमा मलाई कुरेर बसेका थिए। जब म सिटमा बसे आज मिल्खा अफ देखिइरहेको छ भनेर साथीहरूले जिस्काए। एक जनाले के भयो भनेर सोधेका थिए। उसले तपाई आज किन खुसी देखिनुहुन्न भनेर सोधेको थियो। तर मैले केही जवाफ दिइन्। तर मेरो मन हल्का भएको थियो।'

उनी नर्भस देखेर उनको कोच उन नजिक आएर बसे र भने' आजको खेलले तिमिलाई कि केही बनाउँछ कि बरबाद पार्छ। यदि मेरो टिप्स मान्यौ भने माल्कसलाई हराउन सक्छौँ। तिमिमा त्यो क्षमता छ।'

कोचको कुराले उनको हिम्मत बढाएको थियो। स्टेडियममा पुगेर उनी सिधा ड्रेसिङ रुममा गए र सुते। उनलाई हल्का ज्वरो आएझैँ लागेको थियो। डक्टर हार्वर्ड आएर उनको ढाड र खुट्टाको मसाज गरेर भने' एक घण्टामा दौड सुरु हुँदै छ तयार हुनु।'

हावर्डले हरेक दिन मिल्खाको प्रतिद्वन्द्वी स्टायलको अनुगमन गरिरहेका थिए। पहिलो दौडपछि उनी आएर मिल्खालाई भने' मिल्खा मैले स्पेसलाई ४०० मिटर दौडेको देखे। उ पहिला ३०० मिटर बिस्तारै दौडन्छ। अनि सय मिटरमा सबैलाई जित्छ। तिमीलाई ४०० मिटर हैन ३५० मिटर दौडनुपर्नेछ। सम्झनु कि यति नै दौड हो।'

४४० मिटर दौडको पहिलो कल तीन बजेर ५० मिनेटमा आयो। ६ जनानै दौड सुरु हुने लाइनमा गएर बसे। उनले तौलियाले खुट्टाको पसिना पुछे। उनी स्पाइकको फित्ता बाँध्दै थिए दोस्रो कल आयो। उनले ट्र्याक सुट फुकाले। उनको भेष्टमा भारत लेखिएको थियो। त्यसको तल अशोक चक्र बनेको थियो। उनले लामो सास ताने र साथीहरूलाई शुभकामना दिए।

बेलायतको साल्सबरी पहिलो लेनमा थिए। त्यसपछि थिए दक्षिण अफ्रिका स्पेस। अनि अस्ट्रेलियाका केर, जमैकाका गास्पर, क्यानडाका टोबैको र छैँठो लेनमा मिल्खा।

जब स्टार्टरले भने' अन योर मार्क, मिल्खाले स्टार्टीङ लाइको पछाडि आफ्नो बायाँ खुट्टा राखे। दाहिने घुँडालाई बायाँ खुट्टाको समानान्तर बनाए। दुवै हातले जमिनलाई छोए। बन्दुक पड्किए लगत्तै उनी भागे। हावर्डले भनेको उनलाई याद थियो। पहिलो ३०० मटरमै उनले आफ्नो भए भरको शक्ति लगाए।

मिल्खा सबैभन्दा अगाडि दौडिइरहेका थिए। जब स्पेसले यो देखे उनले अगाडि बढ्ने प्रयास गरे। तर भाग्य मिल्खाको साथमा थियो।

'मैले सेतो टेपलाई पर देखे। दौड सकिन ५० मिटर बाँकी थियो। स्पेसभन्दा पहिला पुग्न मैले सबै बल लगाए। अङ्ग्रेजहरू कम अन सिङ भन्दै चिच्याइरहेका थिए। मैले टेपलाई छुँदा उनी आधा फिट मात्र पछाडि थिए। टेप छोए लगत्तै म बेहोस भएर मैदानमै ढले,' मिल्खाले भने।

मिल्खालाई स्ट्रेचरमा राखेर लगियो। अक्सिजन दिइयो। जब उनको होस आयो बल्ल बुझे उनले कति ठुलो काम गरेका थिए।

उनका साथीहरूले उनलाई काँधमा बोके। उनले भारतको झन्डा शरीरमा बेरेर स्टेडियम घुमे। कुनै भारतीय खेलाडीले राष्ट्र मण्डल प्रतियोगितामा स्वर्ण पदक जितेको यो पहिलो पटक थियो।

बेलायती महारानी एलिजाबेथले उनलाई स्वर्ण पदक लगाइदिइन्। भारतको झन्डा सबैभन्दा माथि गयो। त्यो देखेर उनले आँसु रोक्न सकेनन्। बेलायतका लागि भारतको उच्चायुक्त विजयालक्ष्मी पण्डित आएर उनलाई अँगालो मारिन् र पण्डित जवाहरलाल नेहरुले यत्रो ठुलो उपलब्धि हासिल गरेपछि उनी पुरस्कारमा के चाहन्छन् भनेर सन्देश पठाएको भनिन्। उनले यो जीतको खुसीमा भारतभर बिदा दिनु भने। उनी फर्कँदा नेहरुले वचन पुरा गरे।

१९६० मा मिल्खालाई पाकिस्तानबाट भारत-पाकिस्तान एथलेटिक्स प्रतियोगितामा भाग लिन निमन्त्रणा आयो। टोकियो एसिया प्रतियोगितामा उनले पाकिस्तानका सर्वश्रेष्ठ धावक अब्दुल खालिफलाई २०० मिटरको दौडमा हराएका थिए। पाकिस्तान चाहन्थ्यो यी दुबैबिच उसको देशमा प्रतिस्पर्धा होस्।

तर उनले पाकिस्तान जान अस्वीकार गरे। विभाजनको बेलाको घाउ अझै बाँकी थियो। उनको आँखा अगाडि उनको बाबु मारिएका थिए। तर नेहरुले उनलाई पाकिस्तान जान आग्रह गरे। उनी राजी भए।

जब स्टार्टले पेस्तोल पड्काए उनी दौडन थाले स्टेडियममा पाकिस्तान जिन्दाबाद, अब्दुल खालिक जिन्दावादको नारा लागिरहेको थियो। खालिक मिल्खा भन्दा अगाडि थिए। तर केही बेरमै उनले भेटिहाले। मिल्खाले जब टेप छोए खालिक करिव १० मिटर परै थिए।

उनी जमिनमा ढलेर रुन थाले। मिल्खाले उनलाई सान्त्वना दिँदै भने' हार-जीत त खेलको नियम हो। यसलाई मनमा लिन हुन्न।'

जीतपछि मिल्खाले भिक्ट्री ल्याम्प लगाए। मिल्खालाई पदक दिने बेलामा पाकिस्तानका राष्ट्रपति फिल्ड मार्सल अय्युब खाँले भने'मिल्खा आज तिमि दौडेको हैन उड्यौ। म तिमिलाई उड्ने सिखको पदवी दिन्छ।'

उनै फ्लाइङ सिखले ९१ वर्षको उमेरमा देह त्याग गरे।

यो सामाग्री बिबिसी हिन्दीबाट साभार गरिएको हो।

असार ५, २०७८ शनिबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।