युरो कप : युक्रेनको पहिलो जित

काठमाडौं : युक्रेनले १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।
रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ मेसोडोनियालाई २–१ गोलअन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो।
युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले १–१ गोल गरे। यार्मोलेन्कोले खेलको २९ औं मिनेटमा र यारेमचुकले खेलको ३४ औं मिनेटमा गोल गरे। नर्थ मेसोडोनियाका एजान एलिओस्कीले खेलको ५७ औं मिनेटमा १ गोल फर्काए।
जितसँगै समूह ‘सी’ मा रहेको युक्रेनले २ खेलमा ३ अंक बनाएको छ। ऊ आफ्नो समूहको अंकतालिकाको तेस्रो स्थानमा छ। २ खेलमा अंक जोड्न नसकेको नर्थ मेसोडोनिया समूहको अंकतालिकामा पुछारमा छ।
यसअघि प्रतियोगिताको आफ्नो पहिलो युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो। नर्थ मसोडोनिया पनि आफ्नो पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो।
असार ३, २०७८ बिहीबार २३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।