धितो पत्र बोर्डको पत्रको प्रभाव : दोस्रो दिन पनि रोकिएन सेयरको बजारको ओरालो यात्रा

धितो पत्र बोर्डको पत्रको प्रभाव : दोस्रो दिन पनि रोकिएन सेयरको बजारको ओरालो यात्रा

काठमाडौँ :  धितो पत्र बोर्डले सचेत गराउँदै विज्ञप्ति जारी गरेपछि नेपाली सेयर बजार ओरालो लागेको छ। मङ्गलवार बजारमा चलखेल भएको आशङ्का गर्दै उसले ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको थियो। बुधवारबाट बजार ओरालो लागेको मा बिहीबार पनि ओरालो यात्रा रोकिएन।

दैनिक १९ अर्बको हाराहारीमा कारोबार हुँदै आएको बजारमा आज एकै दिन झन्डै ४० प्रतिशतले घटेर १० अर्ब रुपैयाँमा सीमित भएको हो । बिहीबार बजार घटेर नेप्से सूचक २९६८ बिन्दुमा रोकियो। बुधवार बजार ५२ अङ्कले घटेको थियो। बिहीबार १.३० अङ्कले बजार घट्यो।

बिहीबार ६ वटा उपसमूह हरियो भयो। ७ वटा उपसमूह रातो भयो। बिहीबार विकास बैङ्क समूह ९४ अङ्कले बढेको छ।  लघुवित्त समूह ६४ अङ्कले घटेको छ। बिहीबार खानी खोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढ्यो। सिइडीबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घट्यो।

बिहीबार २ सय २३ कम्पनीको २ करोड ३ लाख ६६ हजार कित्ता सेयर कारोबार हुँदा १० अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्। ८१ कम्पनीको मूल्य बढे पनि बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

होटेल एन्ड टुरिजम, विकास बैङ्क, फाइनान्स, निर्जीवन बिमा, अन्य र जीवन बिमा कम्पनीको सूचक बढेको छ। बैङ्किङ, ट्रेडिङ, हाइड्रो, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र लगानी समूहका सूचक घटेर रातो बनेका छन्।

असार ३, २०७८ बिहीबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।