नेपाल एसियन कप छनोटको अन्तिम चरणमा

नेपाल एसियन कप छनोटको अन्तिम चरणमा

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार अनुसार नेपाल एसियन कपको अन्तिम चरणमा पुगेको हो। यसअघि नेपालले अन्तिम चरणका लागि प्लेअफ खेल्नुपर्ने बताइएको थियो। 

नेपालसँगै छनोटको अन्तिम चरणमा प्रवेश गरेको देशमा नेपालसँगै ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, बहराइन, तुर्मेकिस्तान, जोर्डन, प्यालेस्टाइन, मलेसिया, फिलिपिन्स, किर्गिज रिपब्लिक, भारत, थाइल्याण्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स, श्रीलंका, म्यानमार, यमन र बंगलादेश छन्। 

छनोटको अन्तिम चरणका लागि प्लेअफबाट दुई टोली छानिने छन्, जसमा इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेई र ग्वामले प्रतिष्पर्धा गर्ने छन्। 

कूल २४ टिम सहभागी हुने एसियन कपको अन्तिम चरणबाट छानिने ११ टोली प्रतियोगिताका लागि छानिने छन्। 

एएफसी कपमा सहभागी हुने १३ टोली छनोट भइसकेका छन्। 

एएफसीका अनुसार सिरिया, अस्ट्रेलिया, इरान, साउदी अरब, कतार, जापान, युएई, दक्षिण कोरिया, चीन, ओमान, इराक, भियतनाम र लेबनान एसियन कपका लागि छनोट भइसकेका हुन्।
 

असार २, २०७८ बुधबार २३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।