युरो कपमा टर्की र वेल्स भिड्दै

युरो कपमा टर्की र वेल्स भिड्दै
तस्बिर : गेट्टी इमेज।

अजरबैजानको बाकु ओलम्पिक रंगशालामा जारी खेलको १० मिनेट सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। 

समूह ‘ए’ मा रहेका दुवै टोलीले प्रतियोगिताअन्तर्गत जारी सिजनमा दोस्रो खेल खेलिरहेका छन्। 

यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेल्सले बराबरी खेलेको थियो। उसले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो। 

टर्की भने जारी सिजनको आफ्नो पहिलो खेलमा इटालीसँग ०–३ ले पराजित भएको थियो। 

समूह ‘ए’को अंकतालिकामा वेल्स दोस्रो स्थानमा छ। उसको १ अंक छ। टर्की भने अंकतालिकाको पुछारमा छ। ऊ अंकविहीन छ। 

उक्त समूहमा इटाली ३ अंकसहित शीर्ष स्थानमा छ। समूहको अर्काे टोली स्विजरल्याण्ड तेस्रो स्थानमा छ। 
 

असार २, २०७८ बुधबार २२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।