युरो कप : रुसको पहिलो जित

युरो कप : रुसको पहिलो जित
तस्बिर : गाेलडटकम।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा समूह चरणअन्तर्गत बुधबार राति सम्पन्न खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले हराउँदै रुसले प्रतियोगिताको पहिलो जित निकालेको हो।

रुसलाई जित दिलाउन अलेक्सी मिरन्चुकले निर्णायक गोल गरे। उनले पहिलो हापको थपिएको समयमा गोल गर्दै टिमलाई जित दिलाए। 

जितसँगै समूह ‘बी’ मा रहेको रुसले २ खेलमा ३ अंक जोडेको छ। रुस आफ्नो समूहको अंकतालिकामा दोस्रो स्थानमा छ। 

हारसँगै फिनल्यान्ड तेस्रो स्थानमा झरेको छ। रुससँग समान खेल खेलेको फिनल्यान्डको अंक पनि समान छ। तर, ऊ हेड टु हेडका आधारमा दोस्रो स्थानमा छ। 

उक्त समूहको शीर्ष स्थानमा बेल्जियम छ। १ खेल मात्रै खेलेको बेल्जियमको ३ अंक छ। बेल्जियमको गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। 

एजेन्सी

असार २, २०७८ बुधबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।