सेयर बजारमा विज्ञप्तिको प्रभाव : ४७ कम्पनीको सेयरमा पहिरो, ३ वटाको बढ्यो

बोर्डले ५१ कम्पनीको नाम नै तोकेर जोखिम छ भने पछि बजार निकै घट्ने अनुमान गरिएको थियो । बोर्डले ती कम्पनीको प्रति सेयर आम्दानी पीई रेसियो तथा नेटवर्थका आधारमा विश्लषण गरी जोखिम रहेको भन्दै थप अध्ययन गरिने बताएको थियो।
चन्द्रागिरि सहित ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको धितो पत्र बोर्डको ठहर
बोर्डले सिनर्जी पावर, महिला लघुवित्त र युनियन हाइड्रोलाई जोखिमको सूचीमा राखेको थियो। बुधवारको कारोबारमा सिनर्जीको ४ रुपैयाँ, महिला ५ रुपैयाँ र युनियन २६ रुपैयाँ प्रतिकित्ताले सेयर मूल्य बढेको छ।
बुधवार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अङ्कले घट्यो। कोरोनाको करण देशका सबै आर्थिक क्षेत्रहरूको कारोबार बन्द हुँदा सेयर बजारमा भने उछाल आएको थियो।
अनलाइन मार्फत नै सेयर किनबेच गर्न सकिने भएकोले नयाँ लगानीकर्ताहरू समेत सेयर बजारमा आकर्षित भएका थिए। जसका कारण दैनिक कारोबार रकम २० अर्ब रुपैयाँसम्म पुगेको थियो। तर धितो पत्र बोर्डले हिजो ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको भनेर विज्ञप्ति जारी गरे पछि आज बजारमा साढे १५ अर्बको सेयर किनबेच भएको छ।
आज बुधवार १ सय ३३ कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक ५२.३९ अङ्कले घटेर २९६९.७२ अङ्कमा ओर्लिएको छ। आज बजारमा १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।
राष्ट्रिय बिमा कम्पनीको प्रतिकित्ता ७ सय ७० रुपैयाँले शेयर मूल्य घटेको छ। विशालबजारको २ सय २४, साल्ट ट्रेडिङको २५५, गुराँस लाइफको १४२, लाइफ इन्स्योरेन्सको ८३, सिटिजन्सको ७८, नेपाल रिइन्स्योरेन्सको ७२, रसुवागढि हाइड्रोको ४८, नेपाल फाइनान्सको ४६, राधी विध्युतको ४३, वरुण हाइड्रोको ४३, नारायणी विकास बैकको ३२, मल्टी पर्पोज फाइनान्सको ४२, नेपाल लाइफ इन्स्योरेन्सको ४१, चन्द्रागिरि हिल्सको ३६, आँखुखोलाको ३२, सोल्टीको २७ रुपैँया घटेको छ।
चन्द्रागिरि हिल्स र सोल्टीको सेयरमा चलखेल, दोस्रो बजारमा किन्नु उच्च जोखिम
असार २, २०७८ बुधबार २०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।