गण्डकीमा विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् विस्तार

कास्की : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। आफु नियुक्त भएसँगै केहीलाई विना विभागिय मन्त्री बनाएका उनले ३० दिनको समय भए पनि असार पहिलो हप्तामै विश्वासको मत लिन लागेका हुन्।
उनले विश्वासको मत लिनेबारे संसदलाई जानकारी गराएका छन्। संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भइसकेको छ।
बजेट र मन्त्रालय विभाजनमा अन्योल देखिएपछि उनले असार ४ गते विश्वासको मत लिन लागेका हुन्। अहिले गण्डकीमा मुख्यमन्त्री नेपालीसँगै तीन वटा राजनीतिक दलबाट एक–एक जना र स्वतन्त्र सांसद राजीव गुरुङ विना विभागीय मन्त्रीमा नियुक्त भएका छन्। गण्डकीमा ११ मन्त्रालय छ।
असार २, २०७८ बुधबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।