सुनको भाउ तोलामा १ सय रुपैयाँ कम 

सुनको भाउ तोलामा १ सय रुपैयाँ कम 

काठमाडौँ : सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ। छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै तेजाबी सुन तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ तोलाको १३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

सुनको मूल्य तोक्ने गरेको महासङ्घले निषेधाज्ञाका कारण गरगहना पसल बन्द हुँदा कारोबार ठप्प भएको जनाएको छ। 

असार २, २०७८ बुधबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।