लगातार दुई दिन ३ हजार बिन्दु पार गरेको नेप्से घट्यो 

लगातार दुई दिन ३ हजार बिन्दु पार गरेको नेप्से घट्यो 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयरको मूल्य घटेको छ।

प्रि ओपनिङ सेसनमा सेयर बजार नेप्से ३२.५६ अङ्कले घटेको छ। परिसूचक २ हजार ९८९ मा झरेको छ। नेप्सेको परिसूचक अस्ति र हिजो ३ हजार बिन्दु पार गरेको थियो। 

कारोबारमा आएका ११८ कम्पनीका ६६ हजार कित्ता सेयर किनबेच हुँदा ४ करोड ४१ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ। 

सुरु कारोबारको १५ मिनेटपछि खुलेको बजारमा बैङ्किङ बाहेक सबै समूहको सेयर मूल्य घटेको छ। 

असार २, २०७८ बुधबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।