३० अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

३० अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ३० अर्ब रूपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने भएको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मंगलबार अपराह्न ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यपालिका छ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि करिब ३० अर्ब रूपैयाँ हाराहारीको बजेट प्रस्तुत हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।  

केन्द्रको सिलिङ अनुसार २३ अर्ब रूपैयाँ बजेट रहे पनि बचत र राजश्व बाँडफाँट जोडेर २९/३० अर्ब रूपैयाँको हाराहारीमा बजेट प्रस्तुत हुने मन्त्रालयका सचिव झलकराम अधिकारीले बताए। 

आगामी वर्षको बजेटमा पुरानै योजनालाई निरन्तरता दिने तयारी गरेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ३८ करोड रूपैयाँको बजेट ल्याएको थियो।

असार १, २०७८ मंगलबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।