एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले भन्यो– सात सांसदलाई गरिएको निलम्बन दलको बैठकका लागि मात्र

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी बिक।
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना सांसदलाई गरिएकाे संसदीय दलकाे बैठकका लागि मात्रै भएको जनाएको छ।
दलकी प्रमुख सचेतक दुर्गाकुमारी बिकले सात जना प्रदेशसभा सदस्यलाई संसदीय दलको बैठकमा सहभागी हुन नपाउने गरी केही दिनका लागि मात्रै निलम्बन गरिएको बताइन्।
दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा साेमबार बेलुका बसेको बैठकले प्रदेशका सात जना सांसदलाई ७ देखि १५ दिनसम्म निलम्बन गर्ने निर्णय गरेको थियो।
असार १, २०७८ मंगलबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।