विपद् न्यूनीकरणमा लाग्न गण्डकीका मुख्यमन्त्री नेपालीको निर्देशन 

विपद् न्यूनीकरणमा लाग्न गण्डकीका मुख्यमन्त्री नेपालीको निर्देशन 

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विपद् न्यूनीकरणमा लाग्न प्रदेशका सबै सुरक्षा निकाय र सरोकारवालालाई निर्देशन दिएका छन्।

नेपालीले मनाङमा बाढी पहिरो प्रभावित परिवारलाई तत्काल उद्धार गर्न पनि भनेका छन्। आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय मनाङलाई आग्रह गरेका छन्। 

मुख्यमन्त्री  नेपालीले स्थानीय प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमा मानवीय तथा धनजनको क्षति न्यूनीकरणका लागि कुनै कमी नगर्न निर्देशन दिएका हुन्। 

सोमबार देखि लगातार परेको झरीले मनाङको चामे र नासो गाउँपालिकाका दर्जनौँ घरहरू डुबानमा परेको र पहिरोले बगाएको स्थानीय प्रशासनले जानकारी दिएको छ। 

असार १, २०७८ मंगलबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।