नेप्सेको प्रि ओपनिङ सेसन ३६ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर कारोबार ३६ अङ्कले बढेको छ।
ओपनिङ सेसनको सेयर कारोबार ३५.९८ अङ्कले बढेको हो। सेयर बजार परिसूचक नेप्सेले ३ हजार बिन्दु पार गरेको हिजोको रेकर्डलाई कायम राखेको छ। परिसूचक ३ हजार ६१.८० बिन्दुमा पुगेको छ।
कारोबार ३ करोड ७७ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सुरु १५ मिनेटमा भएको कारोबार रकम हो।
असार १, २०७८ मंगलबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।