सुदूरपश्चिममा ओली समूहका ७ सांसद  निलम्बित

सुदूरपश्चिममा ओली समूहका ७ सांसद  निलम्बित

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ।

संसदीय दलले निलम्बन गरेका सांसदहरूमा पुर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बु बोहरा रहेका छन्। 

उनीहरूमध्ये रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मी लाई १० दिन र अन्यलाई ७ दिनका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ। 

संसदीय दलले जारी गरेको ह्विप पटक पटक उल्लङ्घन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशकी प्रमुख सचेतक दुर्गा विकले सांसदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न दलले जारी गरेको ह्विप उलङ्घन भएको बताइन्।

असार १, २०७८ मंगलबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।