नेप्सेमा नयाँ रेकर्ड, सेयर बजार ३ हजार बिन्दु पार

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा ३ हजार बिन्दु पार गरेको सेयर कारोबार दोहोरो अङ्कले बढेको छ।
दोस्रो बजार खुलेको २ घण्टामा नेप्सेले ३ हजार बिन्दु पार गरेर रेकर्ड कायम राखेको छ। सेयर बजार नेप्से ४४.५२ अङ्कले बढेको छ भने सेयर बजार परिसूचक नेप्से ३ हजार २७ बिन्दुमा पुगेको छ।
विकास बैङ्क, जलविद्युत, अन्य र म्युचुअल फन्ड बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ।
जेठ ३१, २०७८ सोमबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।