क्रोएसियामाथि इंग्ल्यान्डको जित

काठमाडौं : इंग्ल्यान्डले १६ औं संस्करणको युरो कप फुटबलमा क्रोएसियामाथि जित हासिल गरेको छ।
लण्डनको वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा उसले क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्याे।
इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन्।
जितसँगै इंग्ल्यान्डले अंकतालिकामा ३ अंक जोडेको छ। ऊ समूह ‘डी’ को शीर्ष स्थानमा छ। क्रोएसिया भने अंकविहीन हुँदै आफ्नो समूहको अंकतालिकामा पुछारमा छ।
क्रोएसिया पछिल्लो विश्वकप फुटवलको उपविजेता टोली हो।
एजेन्सी
जेठ ३०, २०७८ आइतबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।