युरो कपमा बेल्जियमको विजयी सुरुवात, लुकालुले गरे २ गोल

काठमाडौं : बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।
रुसको सेन्ट पिटर्सवर्गमा शनिबार राति भएको खेलमा उसले घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्याे।
बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे। यस्तै, थोमस मुनिएरको नाममा १ गोल रह्यो।
खेलको १० औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमको अग्रता २–० बनाए।
त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० स्थितिमा पुर्याए।
समूह ‘बी’मा रहेकाे बेल्जियमले जितसँगै अंकतालिकामा ३ अंक जोडेको छ। ऊ आफ्नाे समूहमा शीर्ष स्थानमा छ।
रुस भने अंकविहीन हुँदै पुछारमा छ।
यस समूहमा फिनल्यान्ड दोस्रो स्थानमा छ। बेल्जियमसँग समान अंक भए पनि गोल अन्तर कम हुँदा ऊ दोस्रो स्थानमा रहेको हो।
बेल्जियमको गोल अन्तर ३ छ भने फिनल्यान्डको १ छ।
उक्त समूहमा डेनमार्क अंकतालिकामा तेस्रो स्थानमा छ। ऊ पनि अंकविहीन छ।
जेठ ३०, २०७८ आइतबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।