नेपालको एसियन कम छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकियो

काठमाडौँ : अस्ट्रेलियासँग पराजित भएको नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ।
विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित भएको थियो। पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल खायो।
नेपालले अब तेस्रो चरण पुग्न प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ। सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्।
जितसँगै अस्ट्रेलिया भने विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ।
जेठ २९, २०७८ शनिबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।