कैलालीमा थप सय जनामा कोरोना संक्रमण, १ को मृत्यु

कैलालीमा थप सय जनामा कोरोना संक्रमण, १ को मृत्यु

धनगढी : कैलालीमा थप सय जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ७३ नमुना परीक्षण गर्दा सयको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। उनका अनुसार संक्रमित हुनेमा कैलालीका जिल्लाका ६६ र जिल्लाबाहिरका ३४ जना छन्। 

यस्तै, पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणका कारण धनगढी १२ की ४२ वर्षीया महिलाको मृत्यु भएको हो। 

पछिल्लो एक दिनमा अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

अस्पतालमा हाल १९ जना संक्रमितको उपचार भइरहेको छ। 

जेठ २८, २०७८ शुक्रबार १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।