कैलालीमा थप ८६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

धनगढी : कैलालीमा थप ८६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ७९ नमुना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। उनका अनुसार संक्रमित हुनेमा कैलालीका ६९ जना र अन्य जिल्लाका १७ जना छन्। हाल अस्पतालमा २६ जना संक्रमितको उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार मृत्यु हुनेमा कैलाली, गोदावरी नगरपालिका ५ का ७७ वर्षीय पुरुष, कञ्चनपुर बेलौरी ५ का ५४ वर्षीय पुरुष र अछाम, साँफे ७ का १७ वर्षीय पुरुष छन्।
यस्तै, पछिल्लो २४ घण्टामा अस्पतालमा ४ जना कोरोनामुक्त भएर घर फर्किएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
जेठ २७, २०७८ बिहीबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।