सिराहामा औषधी व्यावसायीमाथि गोली प्रहार

काठमाडौं : सिराहामा एक जना औषधी व्यावसायीमाथि गोली प्रहार भएको छ।
जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शालिकराम शर्माका अनुसार मिर्चेया नगरपालिका-५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक ४० वर्षीय रामसागर साफीमाथि गोली प्रहार भएकाे हाे।
साफी पसलमा बसिरहेका बेला शनिबार राति पौने ८ बजेतिर मास्क लगाएर आएका दुई जनाले उनीमाथि दुई राउण्ड गोली प्रहार गरेकाे डिएसपी शर्माले जानकारी दिए। उनको बायाँ हात र बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएकाे छ।
गोली प्रहारबाट घाइते साफीको स्थानीय मंगलम अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धानअन्तर्गत केही व्यक्तिसँग सोधपुछ भइरहेको डिएसपी शर्माले जानकारी दिए।
जेठ २३, २०७८ आइतबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।