पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, १ लिटर पेट्रोलको १२५ रुपैयाँ तिर्नुपर्ने

निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको छ।
१५ दिनमै १ अर्ब १० करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको जनाएको छ। नयाँ मूल्य सूचीअनुसार पनि निगमलाई १५ दिनमा करिब ६० करोड घाटा छ जसमध्ये ग्यासमा मात्रै निगमलाई १५ दिनमा ३८ करोड रुपैयाँ घाटा हुने छ।
निगमले जेठ १८ मा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार प्राप्त नयाँ मूल्य अनुसार निषेधाज्ञाको समयमा भएको विक्री परिमाणलाई हिसाब गर्दा १५ दिनमा मात्रै निगमलाई करिब ७१ करोड घाटा हुने अवस्था देखिन्छ जनाएको छ। अन्य सामान्य अवस्थाको विक्री अनुसार हिसाब गर्ने हो भने निगमलाई करिब ९३ करोड घाटा हुने देखिन्छ।
निरन्तर बढी रहेको कच्चा तेलको मूल्य एवं अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने निगमले जनाएको छ।
जेठ २२, २०७८ शनिबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।