कैलालीमा थप २२ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ८९ नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। तीमध्ये २१ जना जिल्ला भित्रका र १ जना जिल्ला बाहिरका रहेको अस्पतालले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा ४९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये एक जनाको अवस्था सामान्य छ।
पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
जेठ २२, २०७८ शनिबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।