बाँकेमा कम्प्रेसर मेसिन पड्किँदा युवकको मृत्यु

सांकेतिक तस्बिर।
नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनीस्थित किसान फिड मिलमा रङ लगाउने क्रममा कम्प्रेसर मेसिन पड्किँदा बारा, कलैया उपमहानगरपालिका १९ का २५ वर्षीय शाविराज मियाँको मृत्यु भएको वडा प्रहरी कार्यालय, नेपालगन्जले जनाएको छ।
घटनामा परी नसरुद्दिन मियाँ र इसराद्दिन मियाँ घाइते छन्। घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
जेठ २२, २०७८ शनिबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।