कैलालीमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

कैलालीमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

सुर्खेत : कैलालीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण घोडाघोडी नगरपालिका-१ का ५७ वर्षीय पुरुष र गोदावरी नगरपालिका-९ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। 

यस्तै, कैलालीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५७ नमुना परीक्षण गर्दा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। तीमध्ये जिल्लाभरका ४८ र जिल्लाबाहिरका ३ जना रहेको अस्पतालले जनाएको छ। 

अस्पतालमा पछिल्लो २४ घण्टामा १० जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। 

अहिले ४८ जना काेराेना संक्रमित उपचाररत रहेकाे अस्पतालले जनाएकाे छ।  

जेठ २१, २०७८ शुक्रबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।