नेपाल टेलिकमको २२ प्रतिशत सेयर उपभोक्तालाई

नेपाल टेलिकमको २२ प्रतिशत सेयर उपभोक्तालाई

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको २२ प्रतिशत सेयर उपभोक्तालाई दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै उनले बजेटमा आएका कार्यक्रमबारे जानकारिदिँदै नेपाल दुरसंचार नीति अनुसार नेपाल टेलिकममा सरकारी स्वामित्व घटाउँदै लैजाने तयारी सकिएको बताएका हुन्।

उनले निजी क्षेत्रको लगानी बढाउन नेपाल टेलिकममा रहेको सरकारको ९२ प्रतिशत सेयरमा २२ प्रतिशत सेयर उपभोक्तालाई दिने निर्णय गरेको र यो संवृद्ध नेपाल र समाजवाद उन्मुख कार्यक्रम रहेको दाबी गरे।

सूचना र अर्थबाट नीजिकरणबारे निर्णय गरिसकेको र अब निजीकरण कसरी गर्ने भनेर मोडिलाटी बनाउने काम भइरहेको उनले जानकारी दिए। उनले यसलाई गरिबी निवारण कार्यक्रमसँग समेत जोडे।

जेठ २१, २०७८ शुक्रबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।