कैलालीमा थप ५४ जनामा कोरोना संक्रमण, १ को मृत्यु

कैलालीमा थप ५४ जनामा कोरोना संक्रमण, १ को मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३३ नमुना परीक्षण गर्दा ५४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये कैलालीका ५० र जिल्ला बाहिरका ४ जना छन्। 

गत २४ घण्टामा ५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको र ७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएको उनले जानकारी दिए। 

उक्त अवधिमा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितकाे मृत्यु भएको छ। अस्पतालका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका-६ की २८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। 

अहिले अस्पतालमा ४५ जना संक्रमित उपचाररत छन्। 

जेठ १९, २०७८ बुधबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।